|

ओखलढुंगा : ओखलढुंगामा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको छ। जिल्लामा ट्राफिक सचेतनाका कारण बिगत महिनाको भन्दा असारमाट्राफीक नियम उल्लंघनका घटनामा कमी आएको हो। ट्राफिक प्रहरी पोष्ट रमाइलो डाँडा ओखलढुंगाले गएको महिनादेखि केही ट्राफिक नियम उल्लंघनमा कमी हुँदै गएको जनाएको हो।

ट्राफिक प्रहरी पोष्ट ओखलढुंगाका प्रहरी पर्शुराम दनुवारले केही महिना अगाडिभन्दा गएको असार महिनामा ट्राफिक नियम उल्लंघनका क्रियाकलापहरु कमी हुँदै गएको बताए। ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेकाले कमी आएको ट्राफिक प्रहरी दनुवारको भनाइ छ।

यस्तै, ट्राफिक प्रहरी पोष्ट रमाइलो डाँडा ओखलढुंगाले गएको असार महिनामा २ सय ५ वटा सवारीसाधन कारबाहीबाट १ लाख ३९ हजार ५ सय रुपैँयाँ राजस्व संकलन गरेको छ। ट्राफिक प्रहरीले पारबहन क्षमता बढी सामान बोकेको इजाजत बिना सवारीसाधन चलाएको बिना हेल्मेट मोटरसाइकलमा ३ जना चढेको लगायतका नियम उल्लंघनका    विषयमा कारबाही गरी राजस्व संकलन गरेको हो।

ट्राफिक प्रहरीले यसभन्दा अगाडि उल्लेख्य मात्रामा राजस्व संकलन गरे पनि असार महिनामा भने राजस्व संकलनमा कमी देखिएको छ। राजस्व संकलनमा कमी हुनु ट्राफिक नियम उल्लंघनका क्रियाकलापहरु नै कमी भएकाले राजस्व पनि कम संकल भएको ट्राफिक प्रहरी पोष्ट रमाइलो डाँडाले जानकारी दिएको छ। असार महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ट्रक ६३ वटा, बस २७ वटा, ट्याक्टर १९ जिप ६४ वटा, मोटर साइकल ३२ वटा गरी जम्मा २ सय ५ वटा सवारी साधन कारबाही परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.