सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा आज बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको हो। दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएको सर्लाही प्रहरीले जनाएको छ।
बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको सर्लाहीका प्रहरीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए। उनका अनुसार मृतक र घाइते दुवैको पहिचान खुल्न बाँकी छ।
दुर्घटनापछि रोकिराखेको बस प्रहरीले नियन्त्रणमा लिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।