|

काठमाडौं : जनकपुरधामसहित मिथिला क्षेत्रमा मंगलबार हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। 

जनकपुरधामसहित मिथिला क्षेत्रमा १५ दिने मिथिला माध्यमिकी परिक्रमा समापन भएसँगै होली मनाउने परम्परा छ। 

मिथिला क्षेत्रमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा शुरु भएसँगै होली अर्थात् फागु पर्व मनाउने परम्परा छ। यसअघि पहाडी क्षेत्रमा  फाल्गुण शुक्ल पूर्णिमाको दिन आइतबार र तराई-मधेशका विभिन्न जिल्लामा सोमबार फागु पर्व मनाइएको थियो।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको दिनको रूपमा फागु पर्व मनाउने चलन छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.