|

तनहुँ : बजेट अभावका कारण भिमाद नगरपालिका-६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ। 

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रूपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण शुरू भए पनि पर्याप्त बजेट नहुँदा  काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले बताए। ११ करोड ५२ लाख नौ हजार ९६३ रुपैयाँ लागतमा भवन निर्माण थालिएको थियो। 

अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति २५।६ प्रतिशत रहेको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई दुई करोड ९४ लाख ९३ हजार १५९ रुपैयाँ भुक्तानी गरिएको छ। 
    
भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा भौतिक प्रगति नभएकाले पुनः २०८१ असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताए।

समयमै बजेट निकासा नहुँदा काम गर्न समस्या भएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.