|

चरिकोट : दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदी ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

वृद्ध सुवेदीले आफू बस्ने कुटीमा लगेर 'लहरे आँप दिन्छु' भन्दै प्रलोभनमा पारेर ललाईफकाई जबर्जस्ती करणी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

बालिका बलात्कृत भएको आफन्तले थाहा पाएपछि प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले सुवेदीलाई पक्राउपछि जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.