|

धनगढी : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्।

उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। फिर्ता नलिए कारबाही गर्ने उनले चेतावनी दिएकी छन्।

‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीको चैत १४ गते टीकापुरमा बसेको बैठकको निर्णयानुसार पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय भएकाले सोहीबमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दछु’, अध्यक्षले शुक्रबार पठाएको पत्रमा उल्लेख छ।

चैत १४ गतेको टीकापुरमा भएको निर्णयलाई काउन्टर दिँदै उन्मुक्तिका दुईजना विनाविभागीय मन्त्रीहरूले बिहीबार मात्रै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए

२१ जनाको केन्द्रीय कमिटीका १२ जना पदाधिकारीहरूले संघमा पनि नयाँ गठबन्धन र प्रदेशहरूमा पनि सोही गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर मन्त्री भइसकेका उन्मुक्तिका प्रदेशसभा सदस्यहरूले भने पार्टीको निर्देशनको पटक पटक अवज्ञा गर्दै आएका छन् तर संसदीय दलका नेता चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन्।

सुदूरपश्चिममा नाउपाका ७ प्रदेशसभा सदस्य छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.