काठमाडौं : सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने लोपोन्मुख जातिको रुपमा रहेको रानाथारु समुदायले काठमाडौँमा संयुक्त रूपमा होली मनाएका छन्।
सुदूरपश्चिम प्रदेशको कैलाली र कंचनपुर जिल्लामा बसोबास गर्ने लोपोन्मुख जातिको रुपमा रहेको रानाथारु समुदायले मनाउने प्रमुख पर्व होली हो, यस पर्वलाई रानाथारु समुदायले ३८ दिन सम्म मनाउने गर्दछन् र अन्तिम दिनलाई खक्डेहरा पर्व भनेर मनाइन्छ।
कला, संस्कृतिको धनी रानाथारु समुदायलाई २०७६ माघ २० गते आदिवासी जनजाति सूचीमा सुचिकृत भए पछि आफ्नो पहिचान पाएको हुँदा पहिलो पटक आफ्नो भेष–भुषा, कला–संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल रानाथारु युवा समाजद्वारा होरी मिलन तथा खक्डेहरा कार्यक्रम आयोजना गरिएको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।