|

सुनसरी : धरान उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखले सोमबार पदभार ग्रहण गरेका छन् । निर्वाचित भएर सपथग्रण गरेको पाँच दिन पछि सोमबार उनीहरुले कार्यभार सुरु गरेका छन्। 

पदभार ग्रहण गर्दे धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले धरानको विकासमा सबैसँग सहकार्य गरेर अगाडी बढ्ने बताए। पदभार ग्रहण गर्नु अघि धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले प्रमुख तथा उपप्रमुखलाई माला लगाएर स्वागत गरेका थिए। 

पदभार ग्रहणपछि सोमबार नै बसेको जनप्रतिनिधिहरुको बैठकले धरानको विभिन्न वडाका अव्यवस्थित बस्तीहरुलाई व्यवस्थित गराउने विषयमा छलफल भएको कार्यकारी अधिकृत कोइरालाले बताए। 

सोमबारको पहिलो बैठकले धरानको अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने, घर नम्बरिङ गर्ने तथा जग्गा धनीपुर्जा प्राप्तीको लागि कानुनी प्रक्रिया अगाडी बढाउने भएको छ। यसैगरी नयाँ बसपार्क निर्माणका लागि आवश्यक पहल गर्ने, पर्यटन विकास गुरुयोजना पुनरावलोकन गरी थप प्रभावकारी बनाउने र मर्मत कोषमा १ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय भएको कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले बताए।

पदभार ग्रहण कार्यक्रममा विपक्षी पार्टीहरुका प्रतिनिधिलाई भने बोलाइएन।  धरान उपमहानगरकोे प्रमुखमा पराजित उम्मेदवार तथा नेपाली कांग्रेस धरान सभापति तिलक राईले पदभार ग्रहण कार्यक्रममा नबोलाएर विपक्षीलाई वाइकेट गर्न खोजिएको बताए। नेकपा माओवादी केन्द्रका धरान इन्चार्ज तथा प्रमुख पदका उम्मेदवार अइन्द्र विक्रम बेघाले पनि आफुलाई पदभार ग्रहण कार्यक्रमबारे कुनै जानकारी नभएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.