काठमाडौं : तीन सय वर्ष पुरानो बिस्काः ९बिस्केट० जात्राका लागि भक्तपुरको न्यातपोल मन्दिर परिसरमा भैरवको रथ निर्माण भइरहेको छ।
स्थानीय कालीगढ र शिल्पकारहरू रथ बनाउन व्यस्त छन्। भक्तपुरमा तथा तोखा र थिमिमा वार्षिक रूपमा मनाइने पर्व हो बिस्का जात्रा।
बिस्का जात्राका लागि विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्रीभैरवनाथको रथ निर्माण गरिन्छ। यसपालिको बिस्का जात्रा यही चैत्र २७ गतेदेखि सुरु हुनेछ। यो जात्रा ८ रात ९ दिनसम्म हुने गर्छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।