काठमाडौं : गर्मी शुरु भएसँगै काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटे ‘रिफ्रेसमेन्ट’को गन्तव्यमा पर्छ।
काठमाडौंको व्यस्त जीवन र थकान मेट्नका यहाँ रहेका विभिन्न रिसोर्ट र सुनकोशी नदीमा गरिने र्याफ्टिङको सुविधा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। र्याफ्टिङ सिजनमा (फागुनदेखि चैतसम्म) दैनिक १५ सय आन्तरिक तथा बाह्य पर्यटक सुकुटे आउँछन्।
सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका ११ होटल छन्, जसमा र्याफ्टिङ स्टार, सुनकोशी बिच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फन बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, रक रिभर, सुनकोशी रिभर साइड। यहाँ भएका विभिन्न रिसोर्टले साहसिक गतिविधिसहित रिसोर्ट सञ्चालन गरेका छन्।
सिजनमा शुक्रबार र शनिबार सुनकोसी नदीमा ट्राफिक जाम नै हुन्छ। पुस र माघको चिसोमा सुकुटे आउने आन्तरिक पर्यटक दोलखाको कालिञ्चोक पुग्छन् । जब गर्मी शुरु हुन्छ सुनकोशी नदीमा खेल्न सुकुटेमा पर्यटकको घुइँचो लाग्छ।
हेर्नुहोस् सुनकोशीमा र्याफ्टिङका तस्विर-
तपाईंको ईमेल गोप्य राखिनेछ ।