भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज बाट सुरु भएको छ। भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो।
नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ।
आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ। वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको उनले बताइन्।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिस्केट जात्रा शान्तिपूर्ण सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको बताइन्।
प्रजिअ श्रेष्ठले भनिन्, ‘३ बजे रथ तान्न सुरु गरी ६ बजेसम्म सम्पन्न गर्नेछौँ। जात्रामा सादा पोशाकमा सुरक्षाकर्मीले पनि मोबाइलबाट फोटो र भिडियो खिचेर अनुगमन गरिरहेका हुन्छन्।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।