|

दाङ : बाघमारेबाट तुलसीपुर आउँदै गरेको भे १ च १८६० नम्बरको जिपले बा ३६ प ५२६० नम्बरको मोटरसाइकललाई शान्तिनगर २ अमुवामा पछाडिबाट ठक्कर दिदाँ बबई गाउँपालिका- ३ हंशपुरकी ८ वर्षीया प्रतिक्षा विकको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते विकको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी
दिएको छ। ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएपी लोकनाथ तिम्सिनाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.