|

पर्वत : म्याग्दीको मालिका गाउँपालिका वडा नं. २ रुमको धुलावाङ भन्ने स्थानमा एक युवतीले आफ्नै श्रीमान्को हत्या गरेकी छन्। मंगलबार राति करिब १० बजेको समयमा आफ्नै घरमा २५ वर्षीया रञ्जना जिसीले ३४ वर्षीय श्रीमान् शिव जिसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीकी प्रहरी नायव उपरीक्षक (डिएसपी) बसुन्धारा खड्काले जानकारी दिइन्।

घरायसी झगडाको क्रममा भनाभनपछि श्रीमान् श्रीमतीबीच चर्को भनाभन भइरहेको बेला श्रीमती रञ्जनाले कोदालेले श्रीमान्लाई टाउकोमा प्रहार गरेपछि शिवको घट्नास्थलमा नै मृत्यु भएको हो। रञ्जनाले आप्mनै श्रीमान्को हत्या गरेको भनी स्थानीयले प्रहरीमा खबर गरेपछि इलाका प्रहरी कार्यालय दरवाङबाट ५ जनाको प्रहरी टोली घटनास्थलमा पुगी रञ्जनालाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको र मृतक शिवको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल म्याग्दीमा राखिएको पनि प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.