|

काठमाडौं : महानगरजस्ता ठूला शहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ।

अन्तर्राष्ट्रिय मान्यता अनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनु​ उपयुक्त मानिन्छ। पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनै पनि किसिमका अवरोध हुन नहुने यसको महत्वपूर्ण विशेषता हो ।

तर नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगरपालिका काठमाडौंका सडकपेटीको अवस्था बेग्लै छ। सडकपेटी असाध्य साँघुरा छन् र कतिपय स्थानमा त सडकपेटीको व्यवस्था नै छैन।

भएका सडक पेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् त कतै भत्किएको, बिग्रिएको अवस्था छ । यसले सडकपेटी सकिइरहेका छन्, पैदल मार्ग हराइरहेका छन् । राजधानी काठमाडौंमा मात्र होइन उपत्यकाभित्रै धेरैतिर सडकपेटीको राम्रो व्यवस्थापन छैन ।

सडकपेटी निर्माणको पर्खाइमा छन् । लाग्छ सडकपेटी उद्धारको पर्खाइमा छन् । स—साना व्यापारीहरूले सडकपेटीलाई व्यापार गर्ने थलो बनाउँछन् । एकातिर सडकपेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ भने काठमाडौंका सडकपेटीको अवस्था त्यसको ठिक विपरीत पाइन्छ । हेर्नुहोस् केही तस्विर

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.