|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पछिल्लो समय खोलानाला सरसफाइ अभियानलाई तीव्रता दिएको छ। शहर सुन्दर बनाउने अभियान लागेको महानगरपालिकाले यतिखेर धमाधम धोबीखोला सरसफाई गर्दै आएको छ।

गत चैत २७ गते थालेको धोबीखोला सरसफाइ अभियान अझै जारी छ। महानगरपालिकाले अनामनगरदेखि कालोपुलसम्म खोला सरसफाइ गरिसकेको छ। महानगरका कर्मचारीहरूले खोलामा फालिएका फोहोर हटाउनुका साथै झाडी पनि सफा गरेका छन्। महानगरले ती फोहोरहरू खोलाका किनारमा राख्ने गरेको छ।

ती फोहोर डोजरमार्फत फाल्ने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले खोला नै अत्यन्तै दुर्गन्धित हुँदा पानीजन्य रोग बढ्नुका साथै शहरको सौन्दर्यमा असर परेको भन्दै सरसफाइ गरिएको र खोलानालामा फोहोर नगर्न पनि आग्रह गरेको छ।

खोलामा प्रदूषित पानी बगिरहे पनि किनारमा भने यतिखेर रङ्गीचङ्गी फूल फुलेका छन्। धोबीखोलामा फुलेका फूलले ‘करिडोर’को शोभा बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.