|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को औसत उत्तीर्ण दर ३० प्रतिशत मात्रै देखिएको छ।

त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले सार्वजनिक गरेका त्रिविको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोचपत्रमा त्यति मात्रै उत्तीर्ण दर रहेको देखाएको हो।

उक्त सोचपत्रमा त्रिविको समग्र उत्तीर्ण दर कम रहेको देखाएको छ। ‘त्रिविको समग्र उत्तीर्ण दर कम देखिन्छ, शैक्षिक वर्ष २०१३।०१४ देखि २०२१।०२२ सम्मको त्रिविको औसत उत्तीर्ण दर ३० प्रतिशतभन्दा बढी देखिँदैन,’सोचपत्रमा उल्लेख छ।

यसले राष्ट्र र अभिभावकको लगानी खेर गएको र उच्च शिक्षाको उत्पादन लागत बढी देखाएको सोचपत्रमा उल्लेख छ। सोचपत्रले त्रिविको अध्ययन बीचैमा छोड्ने एकीकृत दर सम्बन्धी आधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि केही उपलब्ध तथ्याङ्कले यो दर पनि अस्वाभाविक रूपमा बढी रहेको देखाएको छ।

विश्वविद्यालयमा अनेक प्रकारका बाधा अड्चनले गर्दा समयमा परीक्षा लिन र परीक्षाफल प्रकाशन गर्न नसक्दा शैक्षिक कार्यक्रम पूरा गर्न विद्यार्थीहरूलाई तोकिएको समयभन्दा बढी लाग्ने गरेको पनि त्रिविले जनाएको छ। ‘यसले गर्दा पनि त्रिविले दिने उच्च शिक्षा राष्ट्र र अभिभावकलाई महँगो पर्न गएको छ,’सोचपत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.