|

काठमाडौं : उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि १६ जना छनोट गरेको छ। समितिले जारी गरेको सूचनाअनुसार वैशाख १२ र १३ गते अन्तर्वार्ता तोकिएको छ।

अन्तर्वार्ता बिहान ११:३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुनेछ। समितिले सार्वजनिक गरेको सूचनामा शुभनारायण पाठक,अनिल कुमार पोखेल,जीवनकुमार ढकाल, अशोक कुमार झा, गुरुप्रसाद खनाल,प्रमोद कुमार झा,बिजु कुमार थपलिया छन्।

यस्तै, विनोद पराजुली,देवीप्रसाद भट्टराई,राजनारायण यादव, नरेन्द्र कटुवाल,उमेश कोइराला,राजकुमार पोखरेल, रेशम बहादुर थापा,रमेश प्रसाद भट्टराई र महेश राज दाहाल छनोट भएका छन्। समितिले माघ २३ गते पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.