काठमाडौं : बौद्ध धर्मावलम्बी तामाङ समुदायले तेमाल जात्रा मनाउँदैछ।
प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीमा यो जात्रा शुरु हुन्छ। परिवारका दिवंगत सदस्यको आत्माको शान्तिको कामना गर्दै यो जात्रा मनाइन्छ। चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने परम्परा छ।
जात्राका क्रममा पितृमोक्षका लागि बालाजु २२ धारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने पनि चलन छ । उनीहरू रातभर जाग्राम बसी ‘छयोइमे’ बत्ती बाली पितृहरुको मोक्षका लागि कामना गर्छन्।
पहिलेकाभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदायले मनाउने गरेकोले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभर मनाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।