|

पोखरा : साउन २ गते सोमबार दिउँसो पोखरास्थित सेती नदीले बगाएर बेपत्ता बनाएका तीन जना मध्ये एक जना मृत भेटिएकी छन्। बेपत्तामध्ये दाङको बणगलाचुली गाँउपालिका ३ पाखापानीकी स्थायि बासिन्दा वर्ष १८ की संगिता नेपालीको शव तनहुँको रिसिङ गाँउपालिका १ हुक्सेखोलास्थित सेती नदीको किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनी मजदूरीका शिलसिलामा पोखरा पशुपतिघाट बस्दै आएकी थिइन्। सोमबार पोखरा लेखनाथ नगरपालिकास्थित पशुपतिघाटमा नुहाउने क्रममा उनीसँगै बगेका अन्य २ जना भने अझै बेपत्ता छन्।

बेपत्ता हुने ध्वनी नेपाली र सुनील परियारको खोजी जारी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.