|

भक्तपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय भक्तपुरका चार कर्मचारीलाई घुस सहित रंगेहात पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका ७ बागेश्वरीको जग्गा कित्ताकात्त गरी बाटो राखेर प्लट मिलान गर्ने कामको लागि घुस लिँदै गरेको अवस्थामा मध्यपुर थिमि ३ कौशल्टारस्थित वेभ सेकुवा कर्नरबाट शुक्रवार साँझ ७ बजे ती कर्मचारी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नायव सुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरेल रहेका छन् । घटना विवरण अनुसार बागेश्वरीका एक सेवाग्रहीले आफ्नै तिन आनाको दुई टुक्रा जग्गाबाट भित्र रहेको अर्को जग्गामा जानको लागि बाटो राखी प्लट मिलान गर्नको लागि सबै प्रक्रिया पुर्‍याई निवेदन दिएकोमा अधिकृत श्रेष्ठले गलत नियतले दुःख दिन थालेपछि सेवाग्रहीले अख्तियारमा उजुरी दिएको थिए। सोही उजुरीको आधारमा कर्मचारीहरुलाई घुसको रकम सहित संगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अधिकृत श्रेष्ठले सेवाग्राहीबाट ५० हजार नगद लिएसँगै वेभ सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्रहीलाई दिएको दिएका थिए। पक्राउ परेका चारै जनालाई अख्तियारको नियन्त्रणमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.