|

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा सचिवालय बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सोमबार मन्त्रिपरिषद् बिस्तार हुने बताएका हुन्।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटबारे जानकारी दिँदै प्रचण्डले भने- 'मैले अब त अति भयो भनेँ, प्रधानमन्त्रीले भोलि (सोमबार) विस्तार गर्ने भन्नुभएको छ।'

गत असार ४ गते नै मन्त्रिपरिषद् विस्तार गर्ने योजना भए पनि कांग्रेसभित्रै छलफल नभएको भनेर प्रधानमन्त्री देउवा पछि हटेको प्रचण्डले बताए।

आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेहरूको नाम तय भैसकेको जानकरी दिँदै प्रचण्डले प्रधानमन्त्रीको आग्रहका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। 'हामीले हाम्रा तर्फबाट मन्त्री हुनेको नाम फाइनल गरिसकेका छौँ। हाम्रोमात्रै समावेश गरेर भए पनि विस्तार गरौँ पनि भन्यौँ तर प्रधानमन्त्रीले पहिला चुनावपछि भन्नुभयो, अहिले कांग्रेसको केन्द्रीय समिति बैठकपछि भन्नुभयो', उनले भने, 'उहाँको आग्रहपछि म उदार भएको हो।'

कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार नै सकिँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.