|

  • रमेश पराजुली

सिन्धुपाल्चोक : भोटेकोसी गाउँपालिका वडा न ३ स्थित लार्चामा पहिरोले पुल भाँचिएपछि स्थानीयवासीले फलामे साँघु र तुइन डोरी हालेर नदी तर्न थालेका छन्। तातोपानी नाका जोड्ने पुल भाँच्चिएपछि सडक सञ्जाल टुटेको छ। तत्कालका लागि तुइन र फलामे साँघुमा प्रयोग गरेर स्थानीयले जोखिमपूर्ण यात्रा गरिरहेका छन्।

स्थानीयको यही समस्यालाई ध्यानमा राख्दै १ महिनाभित्र बेलिब्रिज निर्माण गर्ने तयारी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले गरेको छ। लार्चामा बेलिब्रिज निर्माण गर्नको लागि आवश्यक पर्ने सामाग्री ४ ट्रक सामाग्री लार्चामा ल्याइसकिएको र ६ ट्रक निर्माण सामाग्री भोलि बिहानसम्म ल्याइने प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जानकारी दिए।

समस्याको चाङ

बलियो फड्के हालेसँगै फुल्पिङकट्टी र तातोपानीबाट स्थानीयवासीलाई बाह्रबिसे आउन मिल्ने भएको छ। तर तुइनमा  झुण्डिएर बिरामी, वृद्धवृद्धादेखि सुत्केरीलाई आउन–जान समस्या छ। २२ सयको बसोबास रहेको तातोपानीमा पहिरो र बाढीको त्रासले अधिकाशंले घर छोडिसकेका छन्।

विपन्न परिवार मात्रै जोखिम मोलेर आफ्नै थलोमा बस्न बाध्य छन् । बाँकी रहेका खाद्यान्नले केही समय पुग्ने भए तापनि स्वास्थ्य, शिक्षा,विद्युत र टेलिफोन विहीन हुँदा उनीहरु समस्यामा हुन्।

सहज छैन बेलिब्रिज हाल्न

पुलको दुवैको भागको छेउ भिरमुनी भएकाले पहिरोको जोखिम अझै छ। त्यसैले बेलब्रिज हाल्न सहज नभएको प्रजिअ सिलवालले बताएका छन्। खसेको पुलको भूभागले नदी बगिरहेको स्थानलाई साँघुरो बनाएको छ । जसका कारण बाढीको जोखिम बढेको छ।

पहिरोले पुल भाँचिएपछि तातोपानी वरपरका क्षेत्रमा स्थानीयको जनजीवन प्रभावित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.