|

भक्तपुर : पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको शुक्रबार मूत्रथलीको सफल शल्यक्रिया गरिएको छ।

गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा आज अपराह्न भर्ना भएका पूर्व प्रधानमन्त्री डा. भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए।

डा. बर्माले भने, “पूर्वप्रधानमन्त्री भट्टराईले विगत डेढ वर्षदेखि मेरो निगरानीमा औषधि सेवन गरिरहनुभएको थियो, रोग निदानपछि आज शल्यक्रिया गरिएको हो।” अस्पतालमा चार दिनसम्म उपचार गराएपछि उनलाई घर पठाइने अस्पतालले जनाएको छ।

डा. भट्टराईकी छोरी मानुषी यमी भट्टराईले फेसबुकमा राखेका फोटोहरु: 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.