|

गोरखा : मंगलबारदेखि हराइरहेका जाप्निज सहयोग निकाय (जाइका) का एक कर्मचारी दरौँदी नदी किनारमा मृत भेटिएका छन्। अजिरकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङको ढोडेनीमा जाइकाले निर्माण गरिरहेको पुल निर्माणमा कार्यरत मकवानपुरको भैैँसे– ३ का ३५ वर्षीय लक्ष्मी माझीको शव दरौँदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।

ढोडेनीबाट हराएका उनको शव गोरखा नगरपालिका–१० छेपेटार नजिकै दरौँदी किनारमा भेटिएको हो। ‘शरिरमा अत्यधिक चोट देखिएको छ,’ डिएसपी थापाले भने, ‘उनको हत्या गरी नदीमा फालेको हो वा आफैँ नदीमा हामफालेर आत्महत्या गरेको हो भन्नेबारे खुल्न सकेको छैन।’

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.