|
फाइल फोटो

बाँके : बाँकेको राप्ती सोनारी गाउँपालिका-४ लालपुरमा राप्ती नदीमा आएको बाढीले घर बगाउँदा एकैघरका ३ जनाको मृत्यु भएको छ। शुक्रबारदेखि परेको अविरल वर्षापछि नदीमा आएको बाढीका कारण घर भत्किँदा कविराज थारुका ३ छोरीको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा कविराज थारुका १२ वर्षीया छोरी अन्जु थारु, ९ वर्षीया सरिता थारु र ७ वर्षीया सुस्मिता थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शरद् पौडेलले जानकारी दिएका छन्।बाढीका कारण जिल्लाका ४ गाउँका मानिसहरु अझै सम्पर्कमा आउन नसकेको जनाइएको छ, घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.