|
Photo : AFP

पाकिस्तानको क्वेटा सहरमा शनिबार बेलुका गरिएको बम विस्फोटनमा १५ जना मारिएका छन्।

सुरक्षाकर्मीको ट्रकलाई लक्षित विस्फोटमा मारिएका १५ जनामध्ये आठजना सुरक्षाकर्मी रहेको सुरक्षाअधिकारीले जानकारी दिएका छन्।

विस्फोटमा ४० जना घाइते भएको पाकिस्तानी सेनाको बम डिस्पोजलमा संलग्न अधिकारीले जानकारी दिए।

बालुचिस्तान प्रान्तमा पर्ने क्वेटामा स्थानीय समय अनुसार शनिबार बेलुका ९ : २० मा सुरक्षाकर्मीहरुलाई लिएर आईरहेको ट्रकलाई लक्षित गरी विस्फोट गराइएको थियो। क्वेटाको निकै व्यस्त मानिने पशिन चोकमा वम विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता एन्वार उल हक काकारले जानकारी दिए।

विस्फोटमा आठ जना जना सुरक्षाकर्मी सहित १५ जना मारिएको सेनाले पुष्टी गरेको छ। घाईतेहरुलाई नजिकका अस्पतालमा उपचार गरिएको छ। अस्पतालका अधिकारीहरुले घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।

विस्फोटको जिम्मेवारी कसैले लिएको छैन।

विस्फोटनबाट उत्पन्न आगोले जलेर दुई ओटा कार, चार रिक्सा र दुई ओटा मोटरसाईकल नष्ट भएका छन्। केही भवनहरुमा पनि क्षती पुगेको अधिकारीहरुले बताएका छन्।

पाकिस्तानका राष्ट्रपति मम्नुन हसिनले घटनाको निन्दागर्दै घाइतेहरुको उपचारमा ध्यान दिन अधिकारीहरुलाई निर्देशन दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.