|

पाल्पा : जितगढी युद्धको सम्झनामा मंगलबार तानसेनमा रणउजिरेश्वरी भगवती जात्रा निकालिँदै छ।

वि.सं.१८७१\७२ ताका जितगढीमा भएको युद्धमा तत्कालीन कर्णेल उजिरसिंहको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेजलाई हराएको थियो। भगवतीको भाकल गरी युद्धमा गएका सिंहनेतृत्वको फौजले अंग्रेजलाई हराएका थियो। 

युद्धमा विजय प्राप्त गरेपछि खुशियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै  सिन्दुर जात्रा गराएका थिए। १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा मनाउन थालिएको हो। 

एक सय ९९ औं संस्करणको रुपमा मंगलबार पनि जात्रा निकाल्न लागिएको हो। दिउँसो पौने एक बजेको साइतमा रथ उठाइने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए। नेपाली सेनाले सलामी चढाएलगत्तै स्वस्तिवाचन गरेर रथयात्रा प्रारम्भ हुने उनले बताए। यससँगै रथलाई तानसेन बजार परिक्रमा गराइन्छ।

जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, सर्वसाधारण पहिचान झल्किने झाँकीसहित जात्रामा सहभागी हुन्छन्। जात्रा अवलोकन गर्न स्याङ्जा, गुल्मी, अर्घाखाँची, रूपन्देही, पर्वत लगायतका जिल्लाबाट सर्वसाधारण आउँछन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.