|

काठमाडौं : चिकित्सा शिक्षा अध्यापनका लागि आशय पत्र लिएका संस्था सरकारले खरिद गर्न सक्ने वा नसक्ने अध्ययन गर्न सरकारले मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीको संयोजकत्वमा समिति बनाएको छ।

सरकारले मनमोहन स्वास्थ विज्ञान प्रतिष्ठान खरिद गर्ने प्रारम्भिक प्रक्रिया अघि बढाउँदा विवाद उत्पन्न भएपछि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, अर्थ सचिव शान्ताराज सुवेदी र सार्वजनिक खरिदका सचिव सदस्य रहने गरी मुख्य सचिव क्षेत्रीको संयोजकत्वमा समिति बनाएको हो।

सरकारले समितिको प्रतिवेदनका आधारमा आशय पत्र पाएका संस्था खरिद गर्ने वा नगर्ने भन्ने निर्णय लिनेछ,' बैठकबारे जानकारी दिँदै सरकारमा प्रवक्ता मोहनबहादुर बस्नेतले भने। मन्त्रिपरिषद बैठकले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनसन बसी सरकारलाई दबाब दिँदै आएका गोविन्द केसीको माग सम्बोधनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.