|

गोरखा : गोरखा नगरपालिका- १० छेपेटारस्थित दरौँदी नदी किनारनजिकै सुविधासम्पन्न वृद्धाश्रम निर्माण हुने भएको छ। हरेक प्रदेशमा एउटा सुविधासम्पन्न वृद्धाश्रम निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार छेपेटारमा वृद्धाश्रम निर्माण हुने भएको हो।

बहुवर्षीय योजनाअनुरुप वृद्धाश्रम निर्माण गर्न लागिएको शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाले जनाएको छ। ‘सुविधासम्पन्न वृद्धाआश्रम भवन निर्माणको काम यही वर्षदेखि नै सुरु हुन्छ,’ शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले भने, ‘बहुवर्षीय योजनाबाट यो भवन बन्छ, यसवर्ष निर्माणका लागि एक करोड रुपैँया आएको छ।’

वृद्धाआश्रम निर्माणका लागि नक्सा बनिसकेको र स्टिमेट हुने तयारीमा रहेकाले छिट्टै टेण्डर आह्वान गरी काम अघि बढाउने श्रेष्ठको भनाइ छ। वृद्धाश्रम डिभिजन कार्यालयको आवास व्यवस्थापन कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको हो।

६० जनाभन्दा धेरै बस्न मिल्ने गरी दुईवटा भवन निर्माण हुनेछ। ‘दुईवटा भवन निर्माण हुनेछन्,’ उनले भने, ‘एउटा भवन वृद्धवृद्धाहरु बस्ने, सुत्ते प्रयोजनको लागि हुन्छ, अर्कोचाहिँ धर्मकर्म र शारीरिक व्यायामका लागि ठाउँ निर्माण गरिने छ।’

कस्ता वृद्धवृद्धालाई यहाँ राख्ने भन्ने कुरा जनप्रतिनिधिले टुंग्याउने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.