|

गुल्मी : १० औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीहरुले जनतासमक्ष सूचनाको पहुँच पुर्‍याउन माग गरेका छन्। । ‘नागरिकको सूचनाको अधिकार, लोकतन्त्रको आधार ’ भन्ने नाराका साथ शुक्रबार सदरमुकाम जिल्ला  प्रशासन कार्यालय गुल्मीको आयोजना र राष्ट्रिय सूचना आयोगको सह-आयोजनामा सम्पन्न अन्तर्क्रियामा जिल्ला न्यायाधिस मात्रिका मरासिनीले सूचना दिवसको अवसरमा कार्यपत्र प्रस्तुत गरेका थिए।

न्यायाधिस मरासिनीले प्रस्तुत कार्यपत्रमा सुचना केहो, सुचनाका अधिकार केके हुन्छन्, सूचना कसरी लिन सकिन्छ, दिन मिल्ने सूचना, दिन नमिल्ने सूचना लगायतका बारेमा जानकारी गराएका थिए।  न्यायाधिस मरासिनीले प्रस्तुत गरेको कार्यपत्रमाथि जिल्ला बार एसोसियसनका अध्यक्ष गोपाल खनालले टिप्प्णी गरेका थिए। अध्यक्ष खनालले जनतालाई सूचना लिने दिने व्यवस्था भएपनि प्रक्रिया लगायतका विषयमा जानकार नभएको बताए।  

उनले सबै संघ संस्थाले आफना सुचनाहरु नागरिकले चाहेको खण्डमा सहजै रुपमा जनतालाई दिने व्यवस्था मिलाउन आग्रह गरे। कार्यक्रममा नागरिक समाजका अध्यक्ष पदम पाण्डेयले सूचना दिने हक अधिकार कानुनमा व्यवस्था भएपनि नागरिकको निम्ती सरल नभएको बताए। उनले जनतालाई सहजै सुचना दिन कार्यालयले वार्षिक रुपमा आफ्ना गतिविधि नागरिकमाझ ल्याउनुपर्ने बताए। 

जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरीले सूचना दिवसको कार्यक्रम जनतामाझ पुर्‍याउनुपर्ने बताए। गुल्मीमा सूचना लिने सवाललमा कुनै पनि कमी नरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुगांनाको भनाइ छ। उनले जिल्लामा हालसम्म सूचना लिन नपाएका कुनै पनि घटना अर्थात उजूरी नभएको बताए। अन्तर्क्रियामा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, राजनितिक दलका स्थानीय नेता नागरिक समाज,पत्रकार लगायतको सहभागिता थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.