एकैदिन १ हजार १ सय ६३ जनाले गरे रक्तदान

|

  • मणिकुमार श्रेष्ठ-

सुनसरी : नेपालमा नै पहिलो पटक एकैदिनमा एकै ठाउँमा सबैभन्दा बढी रगत शनिबार संकलन भएको छ। धरानलाई रक्तदाताहरुको सहरको रुपमा पहिचान दिलाउने उद्देश्यअनुसार बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिले आयोजना गरेको रक्तदान कार्यक्रममा १ हजार १ सय ६३ जनाले रक्तदान गरेका हुन्।

 रक्तदान कार्यक्रम सम्पन्न भएसँगै बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि धरानका प्रमुख मानबहादुर विश्वकर्माले धरान अब रक्तदाताहरुको सहरको रुपमा स्थापित भएको बताए। उनले भने, ‘बराह ज्वेलरी भनेका धरानको गहना हो। धरानमा बराह ज्वेलरी स्थापना भएको अहिले २३ वर्ष हुन लाग्दै गर्दा हामीले धरानलाई रक्तदाताहरुको सहरको रुपमा पहिचान दिन सफल भएका छौं। यसको श्रेय भनेको धराने जनता हुन्।’

धरानको विभिन्न ठाउँमा गरी चार स्थानमा रगत संकलन गरिएको थियो। रक्तदान कार्यक्रममा धरानको विभिन्न सामाजिक संघ संस्थाको सहयोग रहेको बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि धरानको प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेले जानकारी दिए। उनका अनुसार धरानमा १ हजार ५६ र काठमाडौंमा १ सय ७ जनाले रक्तदान गर्दा १ हजार १ सय ६३ पिण्ट रगत संकलन गर्न सफल भएको छ।

योसँगै एकैदिनमा सबैभन्दा बढी रगत संकलन गर्ने संस्थाको रुपमा नेपालमा बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि. र धरानका समग्र सामाजिक संघ संस्था भएको गंगा कालिकोटेले बताए।

धरानमा संकलन भएको रगतलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बंैकका राखिएको बताउँदै अत्यावश्यक भएको अवस्थामा  विभिन्न स्थानका बाढीपीडितहरुको उपचारको लागिसमेत पठाइने व्यवस्था मिलाइएको छ। ब्लड डोनेसन कार्यक्रममा बिहानैदेखि धरानका विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो। धरानका चार स्थानमा रक्तदान शिविर राखिएको भए पनि कतिपय रक्तदाताहरुले भने पालो नआएर रक्तदान गर्न नपाएको समेत बताए।

शनिबार भएको रक्तदान कार्यक्रममा बराह ज्वेलरीले रक्तदाताहरुलाई फलपूmल जुस दिनका साथै आफ्नो कम्पनीको तर्फबाट ग्राहक सदस्यता कार्डसमेत प्रदान गरेको थियो। वार्षिक उपहार योजनाअन्तर्गत वितरण गरिने बराह ज्वेलरीबाट सञ्चालित बराह डिपार्टमेन्ट स्टोर अन्तर्गतको यो कार्ड कम्पनीमा लिँदा सय रुपैयाँ शुल्क लाग्ने गर्दथ्यो।

शनिबार रक्तदान गर्ने व्यक्तिहरुलाई दिइएको ग्राहक सदस्यता कार्डको अवधि पाँच वर्षको हुने बराहका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेले जानकारी दिए। उनका अनुसार उक्त कार्डको प्रयोगबाट ग्राहकहरुले बराह डिपार्टमेन्ट स्टोरबाट विभिन्न प्रकारको सामान खरिद गर्दा विषेश छुटको व्यवस्था गरिएको छ, भने बराहको एम्बुलेन्स प्रयोग गर्दा सुनसरी र मोरङका लागि विशेष छुटको सुविधा पाउनेछन्।

यसैगरी, बराहले ५ भदौमा बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिको २३ औं वार्षिकोत्सवले भव्यताको साथ मनाउने बताएको छ। राष्ट्रिय सभागृह धरानमा हुने उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायक गायिका साथै हास्य कलाकारहरुको समेत प्रस्तुति रहने बताइएको छ।

उक्त कार्यक्रममा बराहले विभिन्न क्षेत्रका क्रियाशील रहेका व्यक्तिहरुको सम्मान तथा पुरस्कृत गर्ने भएको छ। कम्पनीले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७३÷०७४ को वार्षिक ग्राहक उपहार योजनाअन्तर्गत भाग्यशाली ग्राहकले सुजुकीको स्कुटी उपहारस्वरुप जित्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.