|

  • मनोज भट्टराई-

ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँपालिका–६ गाम्नाङटारका किसानले महिनामा १० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन्। व्यावसायिक खेती गर्दै आएका यहाँका किसानहरुलाई अकबरे खुर्सानी राम्रो आम्दानीको स्रोत बनेको हो। लिखु गाउँपालिका ६ र ७ गाम्नाङटारका किसानहरु अकबरेको व्यावसायिक खेती गर्दै आएका छन्।

अकबरेबाट मात्रै वार्षिक कम्तीमा ५० हजारदेखि एकलाख रुपैयाँसम्म आम्दानी हुने गरेको व्यावसायिक किसान सरिता भट्टरार्ईले बताइन्। उनका अनुसार आफूले उत्पादन गरेको अकबरे खुर्सानी लिन ग्राहकरु घर–घरमै आउने गरेका छन्। उनले भनिन्, ‘खिजीफलाटे बजारसम्म लान सके राम्रो भाउ आउँथ्यो तर पनि ५० रुपैंया मानाले घरबाटै बिक्री हुने गरेको छ।’

अकबरे खुर्सानी जिल्लाका विभिन्न बजार, सिरिसे, खिजीफलाटे, साँघुटारबजार लगायतका बजार र रामेछापको मन्थलीमा  समेत बिक्रीका लागि लगिँदै आएको लिखु–७ का अगुवा कृषक तेजबहादुर खत्रीले बताए। गाम्नाङ्गटारका एकजना किसानले कम्तीमा पनि ५० भन्दा बढी खुर्सानीको विरुवा लगाएका छन्। अकबरेको व्यावसायिक खेती गरेर मनग्य आम्दानी लिन थालेपछि यस खेतीमा लागेका किसानको आर्थिक जीवनस्तरसमेत मजबुद बन्दै गएको छ।

अकबरे घरखर्च चलाउन, छोराछोरी पढाउनका लागि गतिलो आम्दानीको स्रोतसमेत बनेको यहाँका स्थानीय किसान बताउँछन्। फागुन चैत महिनामा खुर्सानी रोपिने र अकबरेको उत्पादन जेठबाट कात्तिक महिनासम्म हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.