|
Photo : goalnepal.com

काठमाडौँ : साफ यु–१५ च्याम्पियन्सिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ। जितसँगै भारत समूह बीको समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्सको खेल मैदानमा आज भएको खेलमा भारतका कप्तान विक्रम प्रताप सिंहले २७ औँ मिनेटमा गोल गर्दै आफ्नो मुलुकलाई अग्रता दिलाएका थिए । ४१ औँ मिनेटमा रोशन राना मगरले गोल गरेपछि नेपालले खेल बराबरी गर्‍यो।

पहिलो हाफ एक-एक गोलको बराबरीमा रोकिए पनि ६५ औँ मिनेटमा भारतका रवीबहादुर राणाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल भारतले २–१ गोल अन्तरले जित्यो।

यस नतिजासँगै नेपाल समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.