|

काठमाडौँ: नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षका लागि अनिल शर्मा, मदन अर्याल र रञ्जित तामाङले उम्मेदवारी दर्ता गराएका छन्। त्रिभुवन विश्वविद्यालयको स्मृति भवन कीर्तिपुरमा जारी २१औँ राष्ट्रिय सम्मेलनले नेतृत्वका चयनका लागि निर्वाचनमा जाने निर्णय गरेसँगै उनीहरूले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन्।

त्यस्तै नौ जना उपाध्यक्षका लागि सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, इन्द्र भुसाल, अमिताभ बच्चन दास, दीपक देवकोटा, दिपेश पुन, उत्तम अधिकारी, पुरन केसी, ध्रुवविक्रम वली, ठेकरे बोहोरा, भगत सिंह, विजय गौतमले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै एक महासचिवका लागि खेमबहादुर सिंह र राजेश्वरी सुवेदीले उम्मेदवारी दर्ता गराएका छन्। खेम रञ्जित तामाङको प्यानलबाट उम्मेदवार बनेका हुन् भने राजेश्वरीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएकी हुन्।

एक जना कोषाध्यक्षका लागि केशव रावल, नवराज ऐर, अर्जुन लुइँटेलले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेशअनुसार निर्वाचित हुने उपमहासचिव र सचिवका लागि कतिले उम्मेदवारी दिए भन्ने यकिन हुन नसकेको र मनोनयन प्रक्रिया जारी रहेको निर्वाचन समिति संयोजक रमेश मल्लले जानकारी  दिएका छन्। मल्लका अनुसार ३३ पदाधिकारीसहित २४३ पदका लागि तीन सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, केन्द्रीय सदस्यका लागि अत्यधिक आकांक्षी देखिएको विघटित केन्द्रीय समितिका उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए। उनले भने, 'यो राष्ट्रिय सम्मेलन उत्सव जस्तो भएको छ। आन्तरिक लोकतन्त्रको भरपूर सदुपयोग गर्दै साथीहरूले अत्यधिक मात्रामा उम्मेदवारी दर्ता गराइरहनुभएको छ।'

पढ्नुस् : प्रचण्डको सहमति लिएर अखिल क्रान्तिकारी चुनावमा, अध्यक्षमा अनिल र रञ्जित भिड्ने

            कस्तो नेतृत्व चाहिन्छ अखिल क्रान्तिकारीमा?

           शैक्षिक माफियासँग घाँटी जोडिएको विद्यार्थी आन्दोलन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.