|

काठमाडौं : ८८ किलो सुन फेला परेको बा१७च ६४२७ नम्बरको गाडीको देब्रेतिर सुनको जलप लगाइएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो भीआइपी। विशेष चिह्नको माथिल्लो भागमा मुकुट थियो भने तल्लो भागमा चिनियाँ अक्षरसँगै सानो अक्षरमा भीआइपी लेखिएको थियो।

केरुङ हुँदै चिनियाँ पर्यटक ओसार्न प्रयोग हुने त्यो गाडी कुनै भीआइपीको थिएन। विशेष चिह्न प्रयोग गर्नुको कारण थियो सुन तस्करीका लागि 'लाइन क्लियर' गर्ने।केरुङबाट नुवाकोटसम्म आइपुग्दा बाटोमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत गरेर १२ वटा नाका पार गर्नुपर्छ। त्यसपछि नुवाकोट र धादिङका विभिन्न ठाउँमा गरी दुई दर्जन ठाउँमा सुरक्षा पोस्ट छन्।

रसुवाको टिमुरेमा ४, स्याफ्रुमा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावतीमा १ चेकपोस्ट छन्। सेटिङ मिलेका ती नाकाका सुरक्षाा कर्मीले सहजै पहिचान गरुन् र सेटिङ नमिलेका प्रहरीले भीआइपी सवार गाडी भनेर चेक फितलो बनाऊन् भीआइपी चिह्न प्रयोग गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

स्रोतका अनुसार सुन तस्करीमा यस्तै प्रकृतिका ६ गाडी रहेको प्रारम्भिक सूचना आएको छ, ती गाडीहरु केरुङ-काठमाडौं आवतजावत गरिरहन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.