अर्थ

ताम्राकार कम्प्लेक्समा मोवाइल किन्दा ६० प्रतिशतसम्म छुट, मोटरसाइकल उपहार
SHARES

भदौ २२, २०७४

    काठमाडौं : न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा मोवाइल मेला सुरु भएको छ। 'दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना सुरु भएको छ। ताम्राकार मोवाइल बजारले मेला अवधीभर मोवाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट व्यवस्था गरेको छ ।

    सामसङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको बताउँदै ताम्राकार मोबाइल कम्प्लेक्सका सचिव गुरुदत्त शर्माले लेनेभोको सबै मोडलका मोवाइलको खरिदमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको बताए।

    ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन्। मोवाइल कम्प्लेक्सका कोषाध्यक्ष अनिल ढकालले दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि उपभोक्ताले पाउने जानकारी दिए।

    दशैं र तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन लक्की ड्र मार्फत वितरण गरिने ताम्राकार मोवाइल बजारले जनाएको छ।

    यसैगरी दैनिक २ वटा स्मार्टफोन, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था गरिएको  मोवाइल बजारका अध्यक्ष जगत साउदले जानकारी दिए। साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फत नै वितरण गरिने उनले बताए।

    मोबाइल मेला अवधीभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटीई, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायत सबै ब्राण्डका मोवाइल फोनको कारोबार हुनेछ।

    बम्पर उपहार स्वरुप प्रदान गरिने सुजुकीको  एक वटा जिक्सर मोटरसाइकल र एक वटा सुजुकी कम्पनीकै स्कुटरको लक्की ड्र छठपर्व सकिने बित्तिकैगरिने छ भने एउटा मोटरसाइकल भने दशैं अगाडि नै लक्की ड्र मार्फत वितरण गरिने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]