|

बर्दिया : सदरमुकाम गुलरियास्थित एक होटलबाट चितुवाको छाला किनबेच भइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो नेपालगञ्जको टोलीले बर्दियाको गुलरियास्थित विजया गेष्ठ हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो।

बारबर्दिया नगरपालिका ९ निवासी ६३ वर्षीय नरबहादुर शाही र बाँसगढी नगरपालिका १ निवासी ५२ वर्षीय जीतबहादुर देवकोटालाई १ थान चितुवाको छाला बेचविखन गर्न राखिएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।

१० लाख रुपैयाँमा छाला किनबेच भइरहेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन्। १ फिट १० इन्च चौडा र ९ फिट लम्बाई भएको छाला बैतडी, चिसापानी, भोडीगाउँ हुँदै गुलरिया ल्याइएको प्रहरीले जनाएको छ।

शनिबार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको छ। आइतबार छालासहित जिल्ला वन कार्यालय बर्दियामा बुझाइने उपरीक्षक भट्टराईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.