|

पोखरा :बैदाम प्रहरीले एक हजारभन्दा बढी मदिरा नष्ट गरेको छ। पोखरा–लेखनाथ महानगरपालिका– ५ मालेपाटनमा गिरिधारी बरालको घरमा  भाडामा बसेकी सोलुकी पवित्रा राईको कोठाबाट प्रहरीले उक्त परिणामको मदिरा नष्ट गरेको हो।

राईको होटलबाट वरामद कच्चा मादक पदार्थ तथा घरेलु मदिरा आइतबार वडा प्रहरी कार्यालय बैदाम प्रहरीले नष्ट गरेको हो। राईले डेढ वर्षदेखि यो व्यवसाय चलाइरहेकी प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक वसन्तकुमार शर्माले मादक पदार्थको व्यापाार गर्नेलाई कडा कारबाही गर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.