|

सोलुखुम्बु : सोलुखुम्बुको दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन गरिएको छ। गाउँपालिकाको आइतबार सम्पन्न पहिलो गाउँसभाले दूधकौसिका नाम परिवर्तन गरी थुलुङ दूधकोशी राखेको वडा नं ७ का अध्यक्ष रामसंघर्ष थुलुङले जानकारी दिए।

सो गाउँपालिकाको नाम स्थानीय तह पुनःसंरचनाका बेला पनि थुलुङ दूधकोशी राख्नका लागि थुलुङले माग गरेका थिए। तर गैर थुलुङको विरोधका कारण त्यसबेला दूधकौसिका राखिएको थियो। नाम परिवर्तनलाई नै मुख्य नारा बनाएको माओवादी केन्द्रले अध्यक्ष पद जितेको थियो।

गाउँसभाले नाम परिवर्तन गर्ने निर्णय गर्दै सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ। सो सिफारिसका आधारमा सरकारले नाम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरेपछि मात्र नाम परिवर्तन हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.