समाज

बढ्दो तापक्रमले पर्वतीय पर्यटन जोखिममा
SHARES

Photo : insidehimalayas.com
भदौ २७, २०७४

    काठमाडौँ : विश्व तापमान र जलवायु परिवर्तनको जोखिमका कारण मुलुकका हिमशृंखला सबैभन्दा बढी जोखिममा परेको विज्ञले औंल्याएका छन्।

    नेपाल व्यवस्थापन संघले ‘पर्वतीय पर्यटनका चुनौती र वातावरणीय प्रभाव’का विषयमा आयोजना गरेको कार्यक्रममा वक्ताले जलवायु परिवर्तनले पर्वतीय पर्यटनमा परेको असरलाई न्यूनीकरण गर्न आवश्यक कदम चालिनुपर्ने बताए।

    नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बढ्दो तापक्रमले हिउँ पग्लेर चट्टान देखिन थालेकाले यसले पर्वतारोहणमा निकै असर पुग्ने बताए। “बढ्दो तापक्रमले चट्टान देखिन थालेपछि आरोहणमा असहजता हुन्छ, यसबाट आरोहण र पदयात्रा रुट पनि परिवर्तन गर्नुपर्ने हुन्छ, पानीका मुहान सुक्ने भएकाले कतिपय हिमाली क्षेत्रका बस्ती नै सार्नुपर्ने समस्या आइरहेको छ,”, उनले भने।

    भूकम्पपछि विशेषतः उच्च हिमाली क्षेत्रका कतिपय स्थानमा एक ठाउँको पानीको मुहान सुकेर अर्को ठाउँबाट निस्कने क्रम देखिएको शेर्पाको भनाइ छ। जलवायु परिवर्तनले निम्त्याएका समस्याको अल्पकालीन र दीर्घकालीन समस्याको समाधानतर्फ पहलकदमी गर्नु नितान्त आवश्यक भएको औंल्याइएको छ।

    अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड) को पछिल्लो तथ्यांकानुसार अहिले हिमालमा वार्षिक ०.०५ डिग्री सेल्सियससम्म तापक्रम बढिरहेको छ। हिमाली क्षेत्रको तापक्रम सन् २०३०(विसं २०८७तिर) सम्म १ देखि २ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।

    हिमालको जति उचाइमा गयो त्यति तापक्रम बढिरहेको छ। बिहान उज्यालो हुँदा घाम हिमालमै लागेको र रातमा पनि घामको राप हिमालमै पर्ने हुँदा हिमालको तापक्रम बढेको विज्ञ बताउँछन्। जलवायु परिवर्तनले पर्वतीय र पदयात्रा पर्यटनमा कति असर पुगेको छ भनेर अहिलेसम्म यकिन अध्ययन भएको छैन। 

    सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारत र चीनको तीव्र औद्योगिकीकरणले नेपालको पर्वतीय क्षेत्रमा वातावरणीय प्रभाव परेको तथा यसले पर्वतारोहण मात्र नभई पानीको मुहान जोगाउन चुनौती थपिएको उल्लेख गरे। नेपाल व्यवस्थापन संघका पूर्वउपाध्यक्ष शम्भु रानाले जलवायु परिवर्तनको जोखिमले पर्वतीय पर्यटनमा देखापरेको समस्या र निराकरणका उपायबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]