|

रौतहटको : मौलापुरमा चुनावी प्रचारमा हिडेंका एक बालकको सवारी दुर्घटनामा मृत्यु भएको छ। मौलापुर नगरपालिका वडा नं. ९ को सोनरनियाबाट मौलापुर बजार आउने क्रममा भकुवा पुलमा ना ५ त १०९० नम्बरको ट्रयाक्टर पल्टिंदा राजेन्द्र पटेलका १५ वर्षीय छोरा बलबरी पटेलको ज्यान गएको अस्थायी प्रहरी चौकी मौलापुरका सहायक प्रहरी निरीक्षक विरेन्द्र साहले जानकारी दिए।

दुर्घटनामा अन्य ३ जना घाइते भएका छन्। मौलापुर नगरपालिकाको प्रमुखका लागि राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका धिरज पटेलको प्रचार गर्न हिडेंका बेला बालक पटेलको निधन भएको हो। धिरज पटेल यी बालकका काका हुन्। 

चुनावी प्रचारका लागि यी बालकसहित झन्डै १५ जना यो ट्रयाक्टरमा हिडेंका थिए। रौतहमा निर्वाचन आचारसंहित विपरीत आगामी २ गते हुने निर्वाचनका लागि व्यापक रुपमा बालबालिकाको प्रयोग हुँदै आएको छ। बालबालिकाहरुलाई निर्वाचनमा परिचालन गर्दा बालअधिकारको हनन हुने अधिकारकर्मी भाग्य नारायण महतोले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.