|

ओखलढुंगा : माछा मार्न क्रममा ओखलढुंगाको मोलुङ गाउँपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोलुङ गाउँपालिका- ८ निवासी अन्दाजी ४८ वर्षीय केशव राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

स्थानीय पोक्तिङ खोलामा शुक्रबार बेलुका माछा/पाहा मार्न निस्केका राईलाई शनिबार बिहान करिब ३ बजेतिर मृत अवस्थामा फेला पारेको ओखलढुंगा प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले बताए। उनको शवलाई बगेको स्थानबाट झन्डै ५ किमी तल पोक्तिङ खोलाको दोभानमा भेटिएको हो। शव पोष्टमाटमका लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको छ। उनी रागादीप माविका कार्यालय सहयोगी रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.