|

डडेल्धुरा : सुदूरपश्चिममा बुन्दुनी पर्व मनाइँदै छ। भदौ संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ  लिङ्गो आदि रुख काटेर बनाइएको ‘बुढी’लाई गाईवस्तु हेर्ने गोठालाहरुले यो दिन पोल्ने गर्छन्। त्यसैले यसलाई  'बुढी पोल्ने' पर्व पनि भनिन्छ।

साँझ सबै घरबाट काँस, अम्रिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर ‘बुढी पोल्ने’ ठाँउमा गएर राक्षसी पुतना दहन गरिन्छ। बुढी पोल्दा लुतो फालिने भन्दै युवाहरू काँक्रो चपाउँदै पुतनाको शरीरमा थुक्ने गर्छन्।

समाजमा भएका ठूलाबढा व्यक्तिको नाम पुकार्दै 'लुतो लैजा' भन्दै नाचगान गर्ने गरिन्छ। दोबाटोमा जलाएको पुतना राक्षसीको आकृतिबाट जलेको खरानीको तिलक गाईबस्तुलाई लगाउने गरिन्छ। साँझ आकाशमा तारा चम्केपछि मात्रै पुतनाको पुत्ला दहन गरिन्छ। यसो गर्दा पशुचौपायालाई  कुनै रोग नलाग्ने विश्वास गरिन्छ। 

द्वापर युगमा भगवान् कृष्णले राक्षसी पुतनालाई मारेको खुशीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने चलन छ। यो पर्व सुदूरपश्चिमको बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, अछाम, बाजुरालगायतका जिल्ला र भारतको उत्तराञ्चलका कुमाऊँ–गढवालमा पनि मनाउने चलन छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.