|

दमक : झापाको कमल गाउँपालिकामा स्कुल बसले किच्दा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका २ का सोमनाथ न्यौपानेकी ५ वर्षीया छोरी इन्पिसा न्यौपाने रहेको प्रहरीले जनाएको छ। 

उनलाई भित्रि सडकखण्ड अन्तर्गत क्याम्पा–सरङपाडा खडकखण्डमा पाथीभरा बोर्डिङको ना ३ ख ४२७२ नम्बर को स्कुल बसेले किचेको थियो। बसले किचेपछि उनको घटना स्थलमानै मृत्यु भएको भयो। 

सोही विद्यालयमा कक्षा एलकेजीमा अध्ययनरत बालिकालाई गाडीबाट झर्दै गर्दा किचेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार चालकको लापरवाहीका कारण उनको मृत्यु भएको हो।

उनले भने,‘ चालकले बालिकालाई झारेर एक्कासी गाडी चलाएछन्, यो चालकको कमजोरी हो।’  बालिकाको मृत्युपछि आफन्तहरुले शवलाई सडकमै राखेर लामो समय सडक अवरुद्ध गरेका थिए।

प्रहरी, स्थानीय र  बोर्डिङबीचको सहमति पछि इन्पिसाको शवलाई पोष्टमार्टमका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल पढाइएको प्रहरी निरीक्षक बस्नेतले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.