|

विरगन्ज : प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका विरगंज महानगरपालिकाको मत परिणाम आउन सुरु भएको छ। राजनैतिक दलको विवाद पछि ढिला गरी दिउँसो २ बजेबाट सुरु भएको मतगणनामा पहिलो १०० मतको परिणाम आएको छ।

मुख्य निर्वाचन कार्यालय पर्साले सार्वजनिक गरेको पहिलो १०० मतको परिणाम अनुसार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ मा मेयर प्रमुख पदमा ३६ मत प्राप्त गरी राष्ट्रिय जनता पार्टी (राजपा) अगाडि रहेको छ। नेपाली कांग्रेस २७ मतका साथ दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी २१ मतका साथ संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा छ। ६ मत प्राप्त गरी फोरम लोकतान्त्रिक र माओवादी केन्द्र चौथो स्थानमा छन्। नेकपा एमालेले ४ मत प्राप्त गरेको छ।

त्यसैगरी  उप–प्रमुख पदमा ३० मत प्राप्त गरी नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ भने २७ मत प्राप्त गरी राजपा दोस्रो स्थानमा रहेको छ। १९ मत सहित फोरम नेपाल तेस्रो स्थानमा रहेको छ भने ६ मत प्राप्त गरी फोरम लोकतान्त्रिक चौथो स्थानमा रहेको छ।

४ मत प्राप्त गर्दै एमाले पाचौं स्थानमा छ भने माओवादी केन्द्रले ३ मत प्राप्त गरेको छ।

अन्य स्थानीय तहमा यस्तो छ पछिल्लो परिणाम 

पर्सा जिल्लाको पोखरिया नगरपालिकाको मतपरिणाम आउन सुरु भएको छ। ताज प्राप्त मतपरिणाम अनुसार पोखरिया नगरपालिकामा फोरम नेपालले प्रमुख पदमा ३९२ मत प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो कब्जा जमाएको छ भने २६८ मत प्राप्त गर्दै नेपाल संघीय सामाजबादी फोरमले दोश्रो स्थानमा रहेको छ। 

यसैगरी ११४ मा प्राप्त गर्दै माओवादी केन्द्र तेश्रो स्थानमा रहेको छ। ५४ मत प्राप्त गर्दै नेपाली कांग्रेस चौथो स्थानमा रहेको छ। एमालेले १० मत प्राप्त गरेको छ।

त्यसैगरी उप–प्रमुख पदमा पनि फोरम नेपाल ३५४ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। नेपाल संघीय सामाजबादी फोरमले २२८ मत प्राप्त गर्दै दोश्रो स्थानमा छ भने ६३ मत प्राप्त गर्दै माओवादी केन्द्र तेस्रो स्थानमा छ। ५४ मतका साथ नेपाली कांग्रेस चौथो र २८ मतका साथ् नेकपा एमाले पाचौं स्थानमा रहेका छन्।

कालिकामाई गाउँपालिकामा नेपाली जनता दलका उम्मेदवारले अग्रता लिएका छन्। १०८० मत गणना गर्दा   अध्यक्षमा नेपाली जनता दलका नथुनी प्रसादको ४११ र उपाध्यक्षमा जनता दलकै मालती देवी कोइरीको ३८६ मत छ। अध्यक्षमा कांग्रेसका राजेन्द्रप्रसाद कुर्मी ३४३ मतसहित दोस्रो स्थानमा छन्।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नम्बर १ मा एमालेको प्यानलै विजयी भएको छ। वडा अध्यक्षमा फरमान मिया अन्सारी ४७६ मतसहित विजयी भएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.