|

ओखलढुंगा : ओखलढुंगा जिल्लाका स्थानीय तहमा बैंक नहुँदा कर्मचारी र जनप्रतिनिधि समस्यामा परेका छन्।  एक नगरपालिकासहित ७ स्थानीय तहमध्ये ५ स्थानीय तहमा बैंक नहुँदा कर्मचारी र जनप्रतिनिधि समस्यामा परेका हुन्। कर्मचारी, जनप्रतिनिधि र  सर्वसाधरण बैंक नभएकै कारण पैसा साट्न सदरमुकाम धाउनुपर्ने बाध्यतामा छ।

बैंक नभएकै कारण जिल्लाका पश्चिमी क्षेत्रका लिखु, खिजीदेम्बा गाउँपालिकाबाट ३ दिन लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ। खिजीदेम्वा गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले १० वर्षे युद्धकालमा विस्तापित भएका बैकहरु अझै पुनःस्थापना नहुँदा स्थानीयलाई समस्या भएको बताउँछन्। गाउँपालिकामा बैंक नभएका कारण गाउँपालिकाको खातासमेत सदरमुकाममा रहेका बैंकहरुमा खोल्न बाध्य हुनुपरेको र हरेक आर्थीक कारोबारका लागि सदरमुकाम धाउनै पर्ने बाध्यता रहेको उनको भनाइ छ।

अहिले सदरमुकाम ओखलढुंगा बजारमा राष्ट्रिय वाणिज्य बैंक, कृषि बिकास बैंक, टुरिजम बैंक, सिभिल बैंकलगायत दर्जनबढी निजी तथा बिकास बैंकहरुले सेवा दिइरहेका छन्। मानेभञ्ज्याङ गाउँपालिकाको मानेभञ्ज्याङ बजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा र मोलुङ गाउँपालिकाको रामपुर बजारमा मुक्तिनाथ विकास बैंकको शाखाले सेवा दिइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.