|

झापा : राष्ट्रियस्तरका प्रतियोगितामा बलियो उपस्थिती देखाउने गरेको झापा एघार गृहजिल्लामा भएको नकआउट फुटबलमा पहिलो खेलमै पराजित भएको छ। झापाको शिवसताक्षीस्थित दूधेमा जारी प्रथम दुधे गोल्डकपको पहिलो खेलमा झापा एघारलाई हराएर काठमाडौंको हिमालयन शेर्पाले सेमिफाइनल यात्रा गरेको हो। 

हिमालयन शेर्पाले झापा एघारलाई टाइब्रेकरमा ३–२ ले हरायो। यसअघि निर्धारित समयको खेलमा दुबै टिमले एक एक गोलको बराबरी खेलेका थिए।
सुरुवाती अग्रता झापाले नै लिएको थियो।

खेलको १५ औं मिनेटमा कर्ण लिम्बुको पासमा योगेश गुरुङले गोल गर्दै झापालाई अग्रता दिलाए। तर दोस्रो हाफको ५ मिनेट पनि नबित्दै विजय श्रेष्ठले हिमालयन शेर्पाका लागि बराबरी गोल फर्काए।

त्यसपछि खेलमा धेरैभन्दा धेरै अवसर सिर्जना गरेपनि हिमालयन शेर्पाको डिफेन्डस चिर्न नसक्दा झापाले गोल गर्न सकेन। जसका कारण झापाको समर्थनका लागि आएका दर्शकहरु निराश देखिएका थिए।  पानी परेर हिलाम्मे भएको मैदानमा दुबै टिमलाई खुलेर खेल्न कठिन भएको थियो।

टाइब्रेकरमा झापाका तीनवटा प्रहारले जाली चुम्न सकेका थिएनन्। भरपर्दा खेलाडीहरु बुद्ध चेम्जोङ र पुजन उपरकोटीको प्रहार बाहिरिएको थियो भने योगेश गुरुङको प्रहार हिमालयनका गोलकिपर भिमसेन दुराले बचाउ गरेका थिए। 

यस्तै हिमालयन शेर्पाका विजय श्रेष्ठ, दिवेस उराउ र डिके लामाको प्रहार गोलमा परिणत भयो भने लक्ष्मण जिसी र भिमसेन दुराको प्रहार बाहिरिएको थियादोश्रो हाफको ५ औ मिनेटमा हिमालयनका विजय श्रेष्ठले गोल गर्दै बराबरी गरेका थिए।

पहिलो हाफभन्दा सुधारिएको प्रदर्शन गरेको हिमालयनले झापाका धेरै प्रहारहरु बिफल बनाएको थियो। म्यान अफ द म्याच हिमालयन शेर्पाका विजय श्रेष्ठ घोषित भए।  भोलीको खेल मोरङ ११ र त्रिभूवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.