|

रामेछाप  : रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ सानाबारी बिटारमा यात्रुबाहक बस दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको छ, २० जना घाइते भएका छन्। रामेछाप नगरपालिका रामपुरबाट सदरमुकाम मन्थली आउँदै गरेको बा२ख६३७५ नम्बरको हिमाल तराई यातायातको बस दुर्घटना भएको हो।

दुर्घटनामा परी ज्यान गुमाउनेमा रामेछाप नगरपालिका वडा नम्बर ६ की  अन्दाजी २५ वर्षकी उमा खड्का,  रामेछाप नगरपालिका वडा नम्बर ८ का अन्दाजी ४४ वर्षका दीपक श्रेष्ठ र रामेछाप नगरपालिका ७ की अन्दाजी ३५ वर्षकी बालकुमारी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घाइतेहरुको सदरमुकाम मन्थलीमा रहेको तामाकोसी सहकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। मोडमा एक्कासी ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। बस चालकको पनि हात फ्याक्चर भएको र थप अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.