|

काठमाडौँ: सन नेपाल लाइफ इन्स्योरेन्सले शुक्रबारबाट कारोवार सुरु गरेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंको उपस्थितिमा यस बीमा कम्पनीको कारोवार आरम्भ गरिएको हो।

पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा १० वटा नयाँ जीवन बीमा कम्पनीलाई लाइसेन्स उपलब्ध गराएकोमा सन नेपाल लाइफ इन्स्योरेन्स कारोवारमा लाइसेन्न्स पाएको थियो। शुक्रबार नै युनियन लाइफ इन्स्योरेन्सले पनि कारोवार आरम्भ गरेको छ भने केही दिनअघि मात्रै आईएमई लाइफ इन्स्योरेन्सले कारोवार आरम्भ गरेको थियो। यसअघि नौवटा जीवन बीमा कम्पनीले कारोवार गर्दै आएकामा शुक्रबारबाट कारोवार गर्नेको संख्या १२ पुगेको छ।

२०६४ सालमा जीवन बीमा कम्पनीका लागि सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा समितिमा प्रस्ताव राखेकोमा १० वर्षपछि लाइसेन्स पाएसँगै कारोवार आरम्भ गरेको हो। 'अहिले हामीसँग भएका बीमा कम्पनीहरूले हाम्रो बजार धान्न नसकिने देखिएपछि हामीले नयाँ लाइसेन्स दिएका हौँ'', बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले भने, 'प्रस्ताव गरिएर आएका १२ मध्ये प्रकिया पूरा गर्ने १० वटा कम्पनीलाई अनुमति दिएका छौँ।'

जीवन बीमा सञ्चालनका लागि न्यूनतम दुई अर्ब रुपैयाँ चुक्ता पूँजीँ आवश्‍यक पर्छ। दुई अर्ब रुपैयाँ पूँजी भएका कम्पनीले कारोवार अनुमति पाएका छन्। सन लाइफ इन्स्योरेन्समा राजेन्द्र शाक्य, सत्यनारायण क्वायल, पवनकुमार वंशल, सुशीलकुमार धुरका, प्रमोद अग्रवाल, पुष्करभक्त शर्मा र नीता शर्मा संस्थापक रहेका छन्। इन्स्योरेन्सको ब्राण्ड एम्वेस्डरको रूपमा कलारकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.