|
फाइल फोटो

इटहरी : इटहरी उपमहानगरपालिका–२० तरहराको बिहीबारे बजार क्षेत्रमा आगलागी हुँदा ४० लाखभन्दा बढीको धनमाल नष्ट भएको छ। गएराति बिहानीपख आगलागी हुँदा ३ वटा घरमा रहेका सो मूल्य बराबरको धनमाल नष्ट भएको हो।

प्रहरी चौकी तरहराका प्रहरी नायब निरीक्षक पहल कटवालका अनुसार दीपक गुप्ताको पसलसमेत रहेको घरबाट सुरु भएको आगलागीमा परेर गुप्ताको घरसँगै जोडिएको सुमन गिरी र चक्रबहादुर राईको घरमासमेत क्षति पुगेको छ।

फलफूल पसल भएको स्थानमा बालेको बत्तीबाट आगो लागेको हुन सक्ने आशंका गरिएको छ। आगलागीमा सबैभन्दा बढी नोक्सानी गुप्ताको घरमा भएको प्रहरीले जनाएको छ।

इटहरी, धरान र इनरुवाबाट आएको बारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी समेतको सक्रियतमा दुई घण्टापछि आगो नियन्त्रण लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.